Nepal Life

सकारात्मक मौद्रिक समिक्षाले शेयर बजारमा उछाल, ५ मिनेटमै ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि बन्द

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 11:12
सकारात्मक मौद्रिक समिक्षाले शेयर बजारमा उछाल, ५ मिनेटमै ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि बन्द
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक समिक्षा सार्वजनिक गरे सँगै आइतबार शेयर बजारमा उछाल आएको छ । बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० किनेटको लागि शेयर कारोबार बन्द भएको हो । २० मिनेटपछि शेयर कारोबार पसन खुल्ने छ।

NIMB

राष्ट्र बैंकले शुक्रवार प्रथम त्रैमशिक मौद्रिक समिक्षा सार्वजनिक गरेको छ । मौद्रिक समिक्षामा शेयरधितो कर्जाको गणनामा सहजिकरण गरिदिएको छ । 

अर्को तर्फ बैंक व्याजदर घट्ने अपेक्षा गरिएको छ । शुक्रवार मौद्रिक समिक्षाले व्याजदर घटाउन देखाएका कतिपय व्यवस्थाको नतिजा स्वरुप एनआइसी एशिया बैंकले आजै व्याजदर घटाउने निर्णय गरिसकेको छ । बैंकले पुसका लागि एक साता अगाडी नै व्याज घटाएर सूची सार्वजनिक गरेको हो । 

लगातार घटिरहेको शेयर बजारमा राष्ट्र बैंकको सकारात्मक पहलले उछाल आएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया