Nepal Life

साग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर पारित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 17:32
साग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर पारित
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५.०२६३ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बैंककाे आज विहान ११ बजे काठमाडाैंस्थित लैनचौरकाे लैनचौर ब्याङ्क्वेटमा आफ्नो १९ औं वार्षिक साधारण सभाले उक्त लाभांशकाे प्रस्ताव पारित गरेकाे हाे ।

 

NIMB

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ कराेड ७५ लाख ९१ हजार ७१६ रूपैयाँ ७१ पैसाको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९२५ रूपैयाँ ५७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

बैंककाे साधारण सभाले आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम संचालन रहेकाे छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया