NIMB Header 2
Nepal Life

जिन्दगीको सबैभन्दा उर्जाशिल र भविष्यको आधार निर्माण गर्ने उमेर : १५ देखि २५ वर्ष, प्रदिप खतिवडाको विश्लेषण

National Life
  • प्रदिप खतिवडा
  • 2023 Dec 10 19:46
जिन्दगीको सबैभन्दा उर्जाशिल र भविष्यको आधार निर्माण गर्ने उमेर : १५ देखि २५ वर्ष, प्रदिप खतिवडाको विश्लेषण
Sanima Reliance

काठमाडौं । मलाई १५-२५ को उमेर समूह जिन्दगीको सबैभन्दा उर्जाशील र भविष्यको आधारस्तम्भ निर्माण गर्ने उमेर समूह हो भन्ने लाग्छ । यो समूहबाट म टाढा पुगेको १ दशक भयो । तर, यही उमेर समूहमा मैले मास्टर्समा विश्वविद्यालय टप, नेपाल बैंक हुँदै निजामतीको शाखा अधिकृतमा प्रवेश गरिसकेको थिए ।

 

Shikhar
NIMB

वृत्ती विकासको जिन्दगीको यो महादौडमा जसले पनि सफलता प्राप्त गरेका छन् । तिनीहरुले १५-२५ को यही कालखण्डमा असीमित मेहनत गरेका छन्। कार्ल मार्क्सले २३ वर्षको उमेरमा आफ्नो पिएचडी सकेका थिए । उक्त थेसिस नै मार्क्सको दास क्यापिटल ग्रन्थ हो।

यस्ता हजारौं उदाहरणहरु छन्, जसले यो उमेर समूहलाई अत्याधिक उपयोग गरेर यस संसारबाट गाँस-बाँस-कपास-सहवाहभन्दा माथि गएर लोकलाई उपयोगी हुने केही योगदान गरेर निवृत भएका छन्। हाम्रो परम्परागत गुरुकूल शिक्षाले पनि २५ वर्षको उमेरसम्म ब्रम्हचर्या आश्रम पालना गर्दै शिक्षा प्राप्ति गर्नुपर्ने विषयलाई जोड दिएको छ।

तमाम तथ्यहरुलाई मनन गर्दा यो उमेर समूहमा रहेका यहाँहरुले के गर्न सक्नुहुनेछ । भन्ने विषयमा मेरो समझले भ्याएसम्मको विकल्पहरु सहितको चार्ट प्रस्तुत गरेको छु। यो उमेर समूह कटेकाले चाँही के गर्ने त भन्ने सवालमा २-४ वर्ष कट्दैमा केही विग्रदैन ।आफ्नो मिसनलाई पछ्याउनुहोस् भन्ने सुझाव दिन चहान्छु।

यसका लागि समयको प्राथमिकीकरण, लक्ष्य केन्द्रित समय उपयोग, रचनात्मक मानसिकता र निरन्तरको मेहनत आवश्यक पर्दछ। जसलाई यो उमेर समूहको सही उपयोग भएन जस्तो लाग्छ । उहाँहरुले समेत आफ्ना जुनियरहरुलाई सुझाव दिन सक्नुहुन्छ । राष्ट्र निर्माणमा यो उमेर समूहलाई जगाउने मेरो यो अभियानमा साथ र सहयोग गर्न सबैमा अपिल गर्दछु।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया