Nepal Life

सगरमाथा लुम्बिनीले कात्तिक एक महिनामै भुक्तानी गर्यो ११ करोड ६३ लाखको दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 20:28
सगरमाथा लुम्बिनीले कात्तिक एक महिनामै भुक्तानी गर्यो ११ करोड ६३ लाखको दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कात्तिक एक महिनामै ११ करोड ६३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कात्तिकमा ११ सय २० वटा पोलिसीको दाबी परेको छ । उक्त पोलिसी मार्फत १३ करोड ९७ बराबरको दाबी परेको थियो । उक्त पोलिसी मध्ये ७८४ जटा सेटल भएको हो ।

 

NIMB

यस महिनामा कम्पनीले २० हजार ७६३ वटा पोलिसी जारी गरेको छ । उक्त पोलिसी मार्फत २८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा क्षेत्रमा इनोभेटिभ काम गर्दै आइरहेको सगरमाथा लुम्बिनीले ‘भीआईपी अन दी स्पट’ जस्ता पोलिसी जारी गरेको छ । यस पोलिसी अन्तर्गत सवारी साधन दुर्घटना भयो भने घटना स्थलमा नै बीमा कम्पनीको मानिस आएर क्षति मूल्याङ्कन र क्षतिपूर्ती हस्तान्तरण गर्ने गरेको छ । कम्पनीले यो सेवा उपत्यका भित्र तथा उपत्यका भन्दा बाहिरका प्रमुख सहरहरुमा पनि दिदै आएको छ ।

कम्पनीले पोलिसी खरिदपछि एउटा भिआइपी कार्ड प्रदान गर्ने छ । जुन कार्ड एटिएम कार्डको साइजमा उपलब्ध हुन्छ । त्यसलाई सवारीधनी वा चालकले आफ्नो पर्समा बोक्न सक्ने छन् । यदि दुर्घटना भएको खण्डमा त्यो कार्ड निकालेर सिधै कम्पनीमा कल गर्न सकिने छ । कम्पनीबाट राति ११ बजेसम्म कुनै दुर्घटना भए खटिने कर्मचारी फिल्डमा पुग्ने ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकको साथमा बीमा कम्पनी छ भन्ने महसूस होस् भनेर भीआईपी कार्ड बीमितलाई दिने गरेको कम्पनीको भनाई छ । सुरुदेखि नै कार, जीप, भ्यान, मोटरसाइकल लगायतका सवारी साधनलाई कम्पनीले यो पोलिसी बिक्री गर्दै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया