Nepal Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 10:40
स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले साधारणसभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

NIMB

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज भएको थियो । यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गरेका हुन् । बैंकले छिट्टै शेयरधनीको खातामा लाभाश हालिदिने जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया