Nepal Life

घरजग्गा र शेयर बजारलाई कडाइ गर्ने नीतिबाट सरकार व्याक हट्यो, व्याजदर तल झारेर कन्फिडेन्स बढाउदै राष्ट्र बैंक

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 12:17
घरजग्गा र शेयर बजारलाई कडाइ गर्ने नीतिबाट सरकार व्याक हट्यो, व्याजदर तल झारेर कन्फिडेन्स बढाउदै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिए पछि बैंकहरु विच व्याजदर घटाउने प्रतिस्पर्धा हुन थालेको छ । एक डेड वर्ष अगाडी बैंकहरुको सिडी रेसियो ९० प्रतिशत हाराहारी थियो । अहिले घटेर ८० प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक मौद्रिक समिक्षा मार्फत नीतिगत दरहरुमा लचकता अपनाएको छ । अर्को तर्फ बैंकिङ प्रणालीमा नेचुरल्ली नै तरलता थुप्रिदै गइरहेको छ । नेपाल राष्ट्र बैंक वा सरकारको नीतिले भन्दा पनि प्राकृतिक रुपमै बजारमा तरलता थुप्रिदा स्वत व्याजदर तल झरेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउछन् । 

उनले भने 'नेपाल राष्ट्र बैंकको नीति भन्दा पनि बजारमा कर्जाको माग नहुँदा तरलता बढ्दै गएको हो । तलरलता बढ्दै गए पछि व्याजदर पनि स्वभाविक रुपमा तल झर्दै आएको छ ।'

हिजो एनआइसी एशिया र कुमारी बैंकले निक्षेपको व्याजदर घटाएका थिए भने आज एनएमबी बैंकले आजैदेखि लागु हुने गरी व्याजदर घटाएको छ । यसले पनि के थाहा हुन्छ भने बजारमा प्रयाप्त तरलता छ । यो तरलता बजारमा नयाँ कर्जाको प्रवाह नभएसम्मका लागि बढि नै देखिनेछ । तर तत्काल कर्जा प्रवाह  हुने अवस्था देखिदैन । 

तर राष्ट्र बैंक र सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गा तथा शेयरलाई खुकुलो बनाइदिएका छन् । सरकारले विगतका वर्षमा घरजग्गा र शेयर बजार दुबैलाई टाइट गरेका थिए । जसको परिणाम अहिले घरजग्गामा सिथिलता आउनुका साथै बिक्नै नसक्ने अवस्था बनेको छ । यसको प्रत्यक्ष असर बैंकिङ कर्जामा पर्न थालेको छ । यहि अवस्थामा रहने हो भने बैंकिङ कर्जा थप  बिग्रिने देखिए पछि राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो पार्ने नीति लिएको हो । 

नेपालको अर्थतन्त्रको आधार बलियो छैन त्यसैले गर्दा सरकारले लिएका विगतको नीतिगत व्यवस्थाले उल्टै नकारात्मक प्रभाव पार्यो ।अहिले सरकार पुन व्याक हटेको छ । घरजग्गा तथा शेयर बजारमा केहि सहजता आयो भने ऋणीले विस्तारै कर्जा सल्टाउन सक्ने अनुमान गरिएको छ । ठुला ऋणीले घरजग्गा तथा शेयर बजारबाट कर्जा सल्टाउन सके भने अहिलेको पेनिक अवस्थामा केहि रिलिफ आउने अनुमान गरिएको छ । 

सरकारले प्लटिङ रोके सँगै नेपालमा रियल इस्टेड उद्योग बन्द भएका थिए । अर्को तर्फ कित्ताकाट रोकिदा ठुला ठुला लगानीकर्ताको अर्बौ रुपैयाँ जग्गामा फस्यो । अर्थतन्त्रमा विचौलिया राज मौलायो । घरजग्गा तथा शेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा अर्थतन्त्र सिमित हुँदा बेलुन फेले झै फुल्यो भन्दै सरकारले यि दुबै कुरालाई रोक्ने प्रयास गर्यो । यहि प्रयासले गर्दा गएका दुई वर्ष अर्थतन्त्रमा नराम्रो प्रभाव पार्यो । 

सरकारले कडाइ गर्ने नीति लिए पनि यस क्षेत्रको लगानी उत्पादनमुलक क्षेत्रमा कन्भर्ट हुन नसक्दा नकारात्मक असर परेको हो । सरकारले कडाइ गरे अनुसार उत्पादनमुलक क्षेत्रमा लगानी भित्र्याउने, उद्योग कलकारखाना खोल्ने विकास निर्माणको काम हुने अवस्था थियो भने सरकारको नीतिलाई प्रभावकारी मान्न पनि सकिन्थ्यो । तर बजार यसरी पेनिक भयो सबै जनालाई बैंकिङ कर्जा भुक्तानी गर्न हाहाकार भयो । 

अव पनि पुन शेयर बजार र घरजग्गामै बुम बुम हुने अवस्था आउने हो भने अर्थतन्त्रले कोल्टे फर्न सक्दैन । तर सरकारले अहिलेको पेनिक व्यवसायीलाई राहात प्रदान गर्न पनि यस्तो नीति लिएको हो । बैंकरहरुका अनुसार राष्ट्र बैंकको यो नितिले घरजग्गा तथा शेयर बजारमा सकारात्मक प्रभाव पर्यो भने अहिलेको खराव कर्जा सल्टिदै जानेछ र अहिलेको क्राउडिङ विस्तारै कम हुँदै जानेछ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया