Nepal Life

ग्लोबल आइएमई बैंकका सिइओ बज्राचार्यको तलब सुविधा २ करोड २० लाख, कर्मचारीले पाए एक अर्ब भन्दा धेरै बोनस

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 17:22
ग्लोबल आइएमई बैंकका सिइओ बज्राचार्यको तलब सुविधा २ करोड २० लाख, कर्मचारीले पाए एक अर्ब भन्दा धेरै बोनस
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले वार्षिक तलब सुविधा तथा कर्मचारी बोनस सहित २ करोड २० लाख ५६ हजार रुपैयाँ बुझेका छन् । बैंकले बज्राचार्यलाई गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ प्रदान गरेको छ  भने भत्ता बापत ५० लाख ४० हजार, सञ्चयकोष बापत ७ लाख ५९ हजार, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशै भत्ता बापत १० लाख ५३ हजार सहित १ करोड ५५ लाख रुपैयाँ प्रदान गरेको छ ।

NIMB

त्यस्तै नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत ६० लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक अन्य सुविधाहरु टेलीफोन र मोबाइल खर्चका लागि ३७ हजार ९३६ रुपैयाँ, सवारी साधन मर्मच बापत ३ लाख ६३ हजार र इन्धन बापत एक लाख ३ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत बज्राचार्य २०७७ भदौदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव बनाइसकेका बज्राचार्यले नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ सेवा सुरु गरेका थिए । उनले एनसिसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

बैंकका सहायक प्रवन्धक तहसम्मका पदाधिकारीहरुलाई तलब भत्ता सञ्चय कोष समेत ३६ करोड ६ लाख रुपैयाँ प्रदान गरिएको छ । कम्पनी सचिवलाई यस वर्ष पारिश्रमिक बापत २१ लाख ४५ हजार प्रदान गरिएको छ । यसरी प्रदान गरिएको तलब भत्ता तथा सुविधाहरुमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गरिएको बैंकले जनाएको छ ।

अन्य भत्ता तथा सुविधाहरु बैंकको कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावली एवं सञ्चालन समितिले समय समयमा निर्णय गरे बमोजिम प्रदान गर्ने गरिएको बैंकले खुलाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल कर्मचारी खर्च ४  अर्ब २३ रुपैयाँको भएको छ । जसमा बोनस मात्रै एक अर्ब २ करोड समावेश गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया