Nepal Life

नेपाल लाइफ बन्यो सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनी, कुल ६९.६२ अर्ब मध्ये मृतक बीमितको परिवारले पाए ११.३६ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 19:43
नेपाल लाइफ बन्यो सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनी, कुल ६९.६२ अर्ब मध्ये मृतक बीमितको परिवारले पाए ११.३६ अर्ब
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापना भएको नेपाल लाइफले गएको असोज मसान्तसम्ममा बीमितलाई बीमा उद्योगकै सर्वाधिक धेरै दाबी भुक्तानी प्रदान गरिसकेको छ ।

NIMB

बीमा जोखिम बहन गर्ने सबैभन्दा उत्तम उपाय हो । नेपाल लाइफले यस्तै जोखिम बहन गर्ने क्रममा बीमितलाई ११ अर्ब ३६ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी गरिसकेको छ । जसमा बैदेशिक रोजगारमा गएका नेपालीहरुले विदेशी भुमिमा मृत्यु बरण गर्दा उनिहरुको परिवारलाई मात्रै एक अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ । यो नेपाल लाइफ एक्लैले अहिलेसम्म गरेको भुक्तानी हो । त्यस्तै ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कन्भेन्सनल मृत्यु दाबी भुक्तानी गरिएको नेपाल लाइफले जानकारी दिएको छ । यदि बीमित औषधी उपचारका क्रममा वा अन्य विभिन्न कारणले मरेमा यस्तो मृत्यु दाबी भुक्तानी दिइन्छ ।

त्यस्तै दुर्घटनाबाट मृत्यु भएका बीमितको परिवारले मात्रै ५ अर्ब ६८ करोड रुपैयाँ दाबी भुक्तानी पाएको नेपाल लाइफले जानकारी दिएको छ । बीमा पोलिसी परिपक्क नभइकन अग्रिम रुपमा २३ अर्ब ४४ करोडको दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । बीमा पोलिसीमै यदि बीमितले बीमा पोलिसी परिपक्क हुनु भन्दा अगाडी नै पोलिसी सरेण्डर गर्न चाहेमा दाबी भुक्तानी पाउन सक्ने सुविधा रहेको छ ।

नेपाल लाइफले पछिल्लो समय परिपक्क बीमा पोलिसीको दाबी भुक्तानी गर्नु परिरहेको छ । कम्पनीले सुरुवाति दिनमा जारी गरेका पोलिसीहरु धमाधम परिपक्क हुँदै छन् । यसरी पोलिसी परिपक्क भएर मात्रै १९ अर्ब ७८ करोडको दाबी भुक्तानी गर्नु परेको छ । नेपाल लाइफले यसरी जीवन बीमाको एक चक्र पुरा गरेर अर्को चक्र पनि पार गर्ने क्रममा रहेको छ । सामान्यतया जीवन बीमा पोलिसी १५ वर्ष अवधिको सबैभन्दा धेरै बिक्री हुने गरेको छ ।

नेपाल लाइफको यस तथ्याङ्कले जीवन बीमा बचत र जोखिम बहन दुबैका लागि एकदमै महत्वपुर्ण रहेको पुष्टी गरेको छ । कम्पनीले बीमितलाई समयमै दाबी भुक्तानी गरेर उदाहरणीय काम गर्दै आएको छ । संकास्पद मृत्यु दाबी भुक्तानी बाहेक अन्य किसिमका दाबी भुक्तानीमा खासै समय लगाउने गरेको छैन । कतिपय दुर्घटनामा परेका बीमितका परिवारले एक महिना अवधिमै दाबी भुक्तानी पाएको धेरै उदाहरण रहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया