छिमेक लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर सहित १५ प्रतिशत वितरण गर्ने
- BFIS News
- 2023 Dec 12 10:05
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी २ अर्ब ८३ करोड रहेको छ । यसै पूँजीका आधारमा शेयरधनीले ४२ करोड ५३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया