Nepal Life

जीवन बीमा कम्पनीमा सरेण्डर घट्न थाल्यो, कात्तिक महिनामा ६ हजार ४९१ वटा पोलिसी मार्फत ७९ करोड ४९ अर्बको समर्पण

National Life
  • BFIS News
  • 2023 Dec Tue 11:05
जीवन बीमा कम्पनीमा सरेण्डर घट्न थाल्यो, कात्तिक महिनामा ६ हजार ४९१ वटा पोलिसी मार्फत ७९ करोड ४९ अर्बको समर्पण
RBB

काठमाडौं । जीवन बीमा कम्पनीमा सरेण्डरको संख्या र रकम दुबै घट्न थालेको छ । गत साउन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले एक अर्ब २८ करोड रुपैयाँको समर्पण मूल्य तिर्नु परेको थियो । गत कात्तिक महिनामा आउदा संख्या र रकम दुबैमा गिरावट आएको छ ।

NIMB

गत भदौ महिनामा पनि ९ हजार ३८६ वटा पोलिसी मार्फत एक अर्ब १८ करोडको सरेण्डर भएको थियो । त्यस्तै असोज महिनामा ९ हजार ९३६ वटा पोलिसी मार्फत एक अर्ब १८ करोडमै सरेण्डर भएको थियो । चालु आर्थिक वर्षमा मात्रै जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४४ करोडको सरेण्डर रकम भुक्तानी गर्नु परेको छ । यसरी चार महिनामै ३६ हजार २११ वटा पोलसी समर्पण भएका छन् ।

कार्तिक महिनामा मात्रै सर्वाधिक धेरै सरेण्डर नेपाल लाइफले बेहोर्नु परेको छ । नेपाल एक्लैले २६ करोड ४३ लाख रुपैयाँको समर्पण रकम भुक्तानी गर्नु परेको छ । कम्पनीमा एक महिनामै १७ सय ७७ वटा पोलिसी सरेण्डर भयो । त्यस्तै दोस्रो धेरै सरेण्डर एलआइसी नेपालमा भएको छ । कम्पनीले १५ सय ५५ वटा पोलिसीको १७ करवड ४५ लाख रुपैयाँको समर्पण रकम भुक्तानी गर्नु परेको छ ।

तेस्रो धेरै सरेण्डर एशियन लाइफमा परेको छ । एशियन लाइफले ९८७ वटा पोलिसी मार्फत १२ करोड १९ लाखको सरेण्डर रकम भुक्तानी गरेको छ । चौथो धेरै सरेण्डर हिमालयन लाइफमा भएको छ । हिमालयन लाइफले ४७७ वटा पोलिसीको ४ करोड २६ लाख रुपैयाँको सरेण्डर रकम भुक्तानी गर्नु परेको छ । राष्ट्रिय बीमा कम्पनीमा पनि ४५० वटा पोलिसी मार्फत ४ करोड ६० लाखको सरेण्डर भएको छ । रकमका हिसावले सर्वाधिक कम सरेण्डर रिलाबयल नेपाल, आइएमई लाइफ, सन नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । त्यस्तै सिटिजन लाइफ, सानिमा रिलायन्सको पनि धेरै कम सरेण्डर रहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया