Nepal Life

२१ वटा बैंक वित्तीय संस्थाको संगम ग्लोबल आइएमई, ‘सबैंका लागि बैंक’ भन्ने दुरदृष्टिका साथ अगाडी बढ्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 13:53
२१ वटा बैंक वित्तीय संस्थाको संगम ग्लोबल आइएमई, ‘सबैंका लागि बैंक’ भन्ने दुरदृष्टिका साथ अगाडी बढ्दै
Sanima Reliance

काठमाडौं । भनिन्छ थोपा-थोपा मिलेर समुन्द्र बन्छ । साथमा साथ र हातमा हात मिलायो भने विशाल रुप धारण गर्न सकिन्छ । आजको विशाल ग्लोबल आइएमई बैंक पनि त्यसकै एक गतिलो उदाहरण हो । नाम जस्तै काम गरेको ग्लोबल आइएमई १८ वर्षको छोटो अवधिमै २१ वटा बैंक वित्तीय संस्थाको संगम बनेको छ ।

 

पछिल्लो एक दशकमा बैंकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा २१ वटा बैंक वित्तीय संस्थालाई सारथी बनाएको छ । २०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैंक लि. ले २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लि. लाई गाभेपश्चात् ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट कारोबार सुरु गरेको थियो ।

तत्पश्चात आ.व. २०६९/७० मा २ वटा “ख” वर्गको विकास बैंकहरू सोसियल डेभलपमेण्ट बैंक र गुल्मी विकास बैंक यसमा मर्ज भए । आ.व. २०७०/७१ मा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड (नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) सँग मर्ज गरि दुई वाणिज्य बैंकहरूको ऐतिहासिक मर्जर सम्पन्न भयो ।

आ.व. २०७३/७४ को अन्त्यमा यस बैंकले पुनः २ वटा “ख” वर्गको विकास बैंकहरू प्यासिफक डेभलपमेण्ट बैंक र रिलायबल डेभलपमेण्ट बैंकलाई गाभ्यो । आ.व. २०७६/७७ को सुरुमा हाथवे फाइनान्स लिमिटेड (नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था) गाभियो र तत्पश्चात तत्कालिन जनता बैंक नेपाल लिमिटेड (नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) लाई मर्ज गरायो ।

यसैगरि आ.व. २०७९/८० मा बैंक अफ काठमाण्डू लिमिटेड (नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक) लाई मर्ज गराई विभिन्न वित्तीय सूचकाङ्कहरूमा अब्बलता कायम गरी देशकै एक अग्रणी बैंकको रुपमा सञ्चालन भई रहेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले पछिल्लो पटक बैंक अफ काठमाण्डू लिमिटेडलाई मर्जर गरेसँगै यस बैंकमा गाभ्ने/गाभिने बैंक तथा वित्तीय संस्थाको संख्या २१ (मर्जर तथा प्राप्ति भई आएका संस्थाहरूमा समाहित भएका समेत) पुगेको हो ।

“सबैंका लागि बैंक” भन्ने मुख्य दृष्टिका साथ बैंकका संस्थापक, सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरूले ग्राहकहरूलाई सर्वसुलभ तथा विशिष्टिगत सेवा प्रवाहमा केन्द्रित भई साच्चिकै सबै नेपाली लगायत अन्य देशका सेवाग्राहीले आफ्नो बैंक भन्ने अपनत्व महसुस गराउन सक्नु नै बैंकको दूरदृष्टि रहेको छ ।

बैंकको आफ्नै मुभुत मान्यता र आचारसंहिता रहेका छन् । जस अन्तर्गत निष्ठा र व्यवसायिक आचरण, आपसी सहयोग, व्यावसायिकता, सम्मान र विनम्रता, सुशासन र बफादारिता रहेका छन् ।

मर्जर सँगै बैंकले आफ्नो बजार हिस्सा पनि बढाएको छ । बाणिज्य बैंकहरुले परचालन गरेको कुल कर्जामा ग्लोबल आइएमई एक्लैको बजार हिस्सा ८.६८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकले ३७ प्रतिशतले बृद्धि गरेको छ । जवकी समग्र बणिज्य बैंकहरुको औषत बृद्धिदर ३.१२ प्रतिशत मात्रै छ ।

त्यस्तै कुल निक्षेप तर्फ पनि बैंकको बजार हिस्सा ८.६४ प्रतिशत रहेको छ । बैंकले एक वर्षको अवधिमा बैंकको बृद्धिदर ५३.३२ प्रतिशत रहेको छ । जवकी समग्र बाणिज्य बैंकहरुको औषत बृद्धिदर ११.९० प्रतिशत छ ।

बाणिज्य बैंकहरुको कुल शाखा कार्यालय ५ हजार ४९ रहेकोमा ग्लोबल आइएमई एक्लैको ३५८ वटा रहेको लेखापरीक्षणमा उल्लेख छ । मोबाइल बैंकिङ र इन्टरनेट बैंकका ग्राहक पनि अन्य बैंकहरुको तुलनामा ग्लोबलको धेरै रहेका छन् ।

बैंकका माइलस्टोन

बैंकले आजका दिनमा हासिल गरेको उपलब्धि एक समयको प्रत्यत्नले होइन । यसका लागि बैंकले विभिन्न कालखण्डमा लिएका निर्णय तर उदाहरणीय कामले गर्दा नै यो सफलता हिसिल गरेको हो ।

आजको ग्लोबल आइएमई बैंक सन् २००७ सालमा ‘क’ वर्गको बाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । स्थापना भएको दोस्रो वर्ष सन् २००८ मा ग्लोबल रेमिट, विभिन्न कार्डहरु, इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङको सुरुवात गरेर ग्राहक माझ परिचित भयो ।

सन् २००९ मा बैंकले क्रेडिट कार्डको लन्च गर्नुका साथै भिजा कार्ड सँग टाइअप गर्यो । जसले कार्डको प्रयोगलाई थप प्रभावकारी बनायो ।

सन् २०१० मा बैंकले आधिकारिक रुपमा सरकारी भुक्तानीको मान्यता प्राप्त गर्यो । जसले गर्दा सरकारी भुक्तानीमा सरकालाई ठुलो साथ दियो । सन् २०१२ मा बीमाको सुविधा सहित साना व्यवसायी कर्जा लन्च गर्यो । जसले साना तथा घरेलु उद्योग तथा व्यवसायीहरुलाई कर्जाका लागि ठुलो सहयोग भयो ।

सन् २०१२ मा बैंकले आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्स सँग पहिलो सफल मर्जर गर्यो । यहिबाट बैंकको मर्जरको यात्रा सुरु भएको थियो । त्यस्तै सन् २०१३ मा बैंकले गुल्मी विकास बैंक र सोसल डेभलपमेन्ट बैंक सँग दोस्रो सफल मर्जर सम्पन्न गर्यो । सन् २०१४ बैंकका लागि केहि विशेष रह्यो । बैंकले यस वर्ष ‘बैंक अफ दि एयर २०१४’ बाट सम्मानित भयो । साथै यस वर्ष पनि कमर्ज एण्ड ट्रष्ट सँग तेस्रो मर्जर सम्पन्न गर्यो । यसै वर्ष बैंकले अष्ट्रेलियामा आफ्नो रिप्रिजेन्टिभ अफिस सञ्चालनमा ल्योयो । अव बैंकको उपस्थिति नेपालमा मात्रै नभएर दोस्रो मुलुकमा पनि देखाउनु सुरु गर्यो ।

सन् २०१५ मा ग्लोबल आइएमई बैंकले बाणिज्य बैंकहरु मध्ये पहिलो बैंकका रुपमा केन्द्रिय नविकरणीय उर्जा फण्ड प्राप्त गर्यो । सन् २०१६ मा बैंक बेस्ट इन्टरनेट बैंक नेपाल २०१६ बाट सम्मानित भयो । यसै वर्ष बैंकले भारतमा पनि आफ्नो प्रतिनिधि शाखा कार्यालयको स्थापना गर्यो । यो अष्ट्रेलिया पछि दोस्रो प्रतिनिधि शाखा कार्यालय थियो ।

सन् २०१७ मा बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकले प्राप्ति गरि चौथो मर्जर सम्पन्न गर्यो । यसै वर्ष बैंकको शाखा कार्यालय १०० वटा नाघ्यो भने चुक्ता पूँजी ८ अर्ब नाघेको थियो । बैंकले सन् २०१७ मा अमेरिकाम आफ्नो तेस्रो प्रतिनिधि शाखा कार्यालयको सुरुवात गर्यो ।

सन् २०१८ मा बैंकले वर्ल्ड एआरडी कङग्रेस अवार्ड १०१८ बाट सम्मानित हुने अवसर प्राप्त गर्यो । त्यस्तै सन् १०१९ मा बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरि पाँचौ र जनता बैंक सँग मर्जर गरेर छैठौ मर्जर तथा प्राप्तिको इतिहास रच्यो ।

सन् २०२० मा बैंकले ग्लोबल कनेक्ट लन्च गर्यो । सन् २०२१ मा बैंकले इक्रा रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ बढाउन सफल भयो । यसै वर्ष बैंकले युरो मनिबाट नेपालको वेष्ट बैंक अवार्ड प्राप्त गर्यो । सन् २०२२ मा बैंकले ७७ वटै जिल्लामा आफ्नो शाखा कार्यालय विस्तार गर्न सफल भयो । त्यस्तै यसै वर्ष मेरो आफ्नै डेबिट कार्ड लन्च गर्यो । सन् २०२३ मा बैंकले आफ्नो १८ औ वर्षको उमेरमा बैंक अफ काठमाडौं सँग मर्जर गरि सातौ सफल मर्जर सम्पन्न गर्यो ।       

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया