Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर विक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 19:08
नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर विक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले पुनर्बीमामा रहेको आफ्नो २० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

NIMB

कम्पनीले शेयर विक्रीका लागि मंगलवार सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार मङ्सिर २६ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सकिने छ ।

कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । कम्पनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम २० लाखसम्मका लागि आवेदन दिन सकिने जनाएको छ । 

कम्पनीले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइने जानकारी गराएको छ । कम्पनीले थापागाउँस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया