Nepal Life

मर्जर पछि लक्ष्मी सनराइज बैंकको पहिलो लाभांश घोषणा, शेयरधनीले ७ प्रतिशत बोनस शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:54
मर्जर पछि लक्ष्मी सनराइज बैंकको पहिलो लाभांश घोषणा, शेयरधनीले ७ प्रतिशत बोनस शेयर पाउने
Sanima Reliance

काठमाडौं । मर्जर पछि लक्ष्मी सनराइज बैंकले पहिलो पटक लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद सहित कुल ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

NIMB

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६७ करोड रहेको छ । यसैका आधारमा बैंकले शेयरधनीलाई एक अर्ब ५१ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ८ करोड नगद लाभांश वितरण गर्नेछ । यसरी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीले कुल एक अर्ब ५९ करोड प्राप्त गर्ने भएका हुन् । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड पुग्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीले पाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया