Nepal Life

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले घोषणा गर्यो लाभांश

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:58
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले घोषणा गर्यो लाभांश
Sanima Reliance

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

NIMB

जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार १.६० रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया