Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियो, बजारबाट १४ दिनका लागि २० अर्ब तान्दै राष्ट्र बैंक

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 10:37
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियो, बजारबाट १४ दिनका लागि २० अर्ब तान्दै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिन थालेको छ । नयाँ कर्जा प्रवाह हुन नसक्दा बैंकहरुको सिडि रेसियो पनि लगातार तल झरिरहेको छ । यसरी बैंकिङ प्रणालीमा अधिक तरलता देखिए पछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

NIMB

बैंकले आज बिहीबार मंसिर २८ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । 

साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया