Nepal Life

कृषि विकास बैंकले मंसिर ३० गते शनिबारका दिन पनि सम्पुर्ण शाखा कार्यालय खुला राख्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 14:33
कृषि विकास बैंकले मंसिर ३० गते शनिबारका दिन पनि सम्पुर्ण शाखा कार्यालय खुला राख्ने
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले भोलि मंसिर ३० गते शनिवार पनि सम्पुर्ण शाखा कार्यालय खुल्ला राख्ने भएको छ । बैंकले भोलि मंसिर महिनाको अन्तिम दिन परेको भन्दै शनिवार पनि शाखा खुल्ला राख्ने सूचना जारी गरेको छ ।

NIMB

बैंकले कर्जा तथा बैंकिङ्ग कारोबार गर्दै आइरहेका ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सम्पुर्ण शाखाहरु खुला राख्न लागिएको भन्दै आफ्नो पायक पर्ने स्थानबाट सेवा लिन सूचित गरेको छ ।

ग्राहकहरुलाई मासिक किस्ता तथा व्याज भुक्तानीमा सहजता होस भनेर शाखा खुला गर्न थालेको हो । सरकारी बैंक भए पनि अन्य निजि बैंकहरु सरह सेवा सुविधा प्रवाह गर्दै आएको कृषि विकासले ग्राहक सेवालाई उच्च प्राथमिकता प्रदान गर्दै आइरहेको छ । ग्राहकरुहरुलाई व्याज र किस्ता भुक्तानीमा सहजता होस् र हर्जना तिर्न नपरोस भनेर यस्तो सेवा दिन थालेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया