कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त
- BFIS News
- 2023 Dec Fri 18:33
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका छन् । करिव १७ वर्ष को बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गर्नु भएको छ ।
उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडी साग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहनुभएको थियो ।
सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया