नेपाल लाइफको ताप्लेजुङ शाखाले गर्यो मृत्यु दाबी भुक्तानी, तामाङको परिवारले पायो १० लाख बीमाङ्क सहित बोनस
- BFIS News
- 2023 Dec Sat 19:41
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखाले बीमित राजकुमार तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । ताप्लेजुङ शाखा प्रमुख हिमाल राईले आज एक कार्यक्रमका विच मृतक तामाङकी धर्म पत्नी सोममाया तामाङलाई बीमाङ्क रकम र बोनसबापतको रकम प्रदान गरेका हुन् ।
स्थाई ठेगाना आठराई त्रिवेणी ५ का तामाङले तीन वर्ष अगाडी १० लाख रुपैयाँ बीमाङ्कको 'जीवन साहारा जीवन बीमा' पोलिसी खरिद गरेका थिए । तामाङको गएको असोजमा निधन भएको थियो ।
पोलिसीमा भएको व्यवस्था बमोजिम मृतकको परिवारलाई बीमाङ्क रकम र आर्जित बोनस सहित एकमुष्ठ रकम भुक्तानी गरिएको शाखा प्रमुख राईले जानकारी दिए । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख राई सहित अभिकर्ता लिला प्रसाद पौडेल लगायतको उपस्थित रहेको छ ।
प्रतिक्रिया