Nepal Life

एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, ५ सञ्चालकको निर्वाचन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:26
एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, ५ सञ्चालकको निर्वाचन
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले यहि पुस २६ गते २८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यस वर्ष शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सरकारले अनपेक्षित रुपमा लगाएको करका कारण बैंकले एक अर्ब ८४ करोड तिर्नु परेको छ । यसले गर्दा पनि बैंकले लाभांश नदिने निर्णय गरेको थियो । सर्वोच्चले करको विषयमा सरकारको पक्षमा फैसला गरिदिए पछि बैंकहरु कर तिर्न बाध्य भएका हुन् । 

NIMB

बैंकले साधारणसभाबाट संस्थापक समुहबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सहित कुल ५ जनाको निर्वाचन गर्ने भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण तथा वित्तीय विवरण पारित गर्नेछ । बैंकले सहायक कम्पनीहरुको एकिकृत लेखापरीक्षण प्रतिवेदन पनि पारित गर्नेछ । साधारणसभाको प्रयोजनका लागि पुस ६ गते एक दिन बुक क्लोज गर्नेछ । पुस ५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया