Nepal Life

बीमाको बारेमा थाहै नहुँदा एजेन्सी म्यानेजर बनेका देव प्रसाद जैसीको त्यो मोड जसले अभिकर्ता पेशालाई पूर्णकालीन बनायो

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Dec Sun 16:19
बीमाको बारेमा थाहै नहुँदा एजेन्सी म्यानेजर बनेका देव प्रसाद जैसीको त्यो मोड जसले अभिकर्ता पेशालाई पूर्णकालीन बनायो
Sanima Reliance

काठमाडौं । मानिसले जीवनमा सफलताका लागि अनेकौ संघर्ष गरिरहेका हुन्छन् । यस क्रममा कयौ प्रयासहरु असफल हुन्छन् । नेपाल जस्तो भौगोलिक कठिनता भएको मुलुकमा धेरैले अवसर प्राप्त गर्न सक्दैनन् । त्यसमा पनि जीवन बीमा व्यवसायमा सबैभन्दा धेरै सहभागिता सहरी भुभागकै मानिसहरुको हुने गर्छ ।

 

NIMB

नेपालको दुर्गम जिल्ला मुगुमा जन्मिएका देव प्रसाद जैसीको जीवन बीमा व्यवसायको यात्रा अन्य अभिकर्ताहरुको भन्दा रोचक छ । जसले एजेन्सी म्यानेजर भएको पत्तो पाएनन् । नजिकका दाइ पर्नेले अभिकर्ता बनाइदिए । दाइले भने अनुसार मानिसहरुलाई बीमा गर्न अभिप्रेरित गरे । तर उनि आफैलाई बीमाको बारेमा राम्रो ज्ञान थिएन । जसले गर्दा अभिकर्ता पेशालाई खासै वास्ता गरेनन् । उनको ध्यान अभिकर्ता पेशामा भन्दा पनि व्यापार तथा जागिरमै थियो । थाहा नपाउदा नपाउदै उनले कयौ मानिसहरुलाई बीमा गराए ।

मुगुमा २०३६ सालमा जन्मिएका जैसीले माध्यमिक तथा उच्च माध्यमिक तहको अध्ययन मुगुबाटै सम्पन्न गरे । अध्ययन पश्चात उनले शिक्षण पेशालाई रोजे । निजी विद्यलाय हुँदै सरकारी विद्यालयमा अध्यापन गराउने अवसर पनि प्राप्त गरे । तर देशमा द्वन्द चर्किए पछि गाउँमा बस्ने वातावरण भएन । त्यस पछि उनि तराईको कोहलपुर झरे । जागिर नभए पछि उनले २०६१ साल तिर कपडा व्यवसाय सुरु गरे । उनले करिव १०/११ वर्ष कपडा व्यवसाय सञ्चालन गरे । यसरी एक दशक भन्दा लामो समय कपडा व्यवसाय गरेका जैसीले २०७२ साल तिर पुनः जागिर खाने अठोट बनाए । करिव ४ वर्षजति जागिर गरे पछि उनि टिकापुर फर्किएर पुस्तक पसल सञ्चालन गरे ।

कहिले जागिर कहिले व्यवसायमा आफ्नो जीवन सञ्चालन गरिरहेका जैसीको अभिकर्ता यात्रा भने २०७१ सालमै सुरु भइसकेको थियो । नजिकका दाइ पर्नेले अभिकर्ताका लागि अनुरोध गरे पछि उनले दाइले भने अनुसार नै धेरै जनालाई बीमा गराए । जतिवेला उनलाई बीमाको सामान्य जानकारी पनि थिएन । यसै वेलामा नेपाल लाइफले सञ्चालान गरेका अभिकर्तासम्बन्धी तालिममा सहभागी पनि भए ।

बीमा गराएर कमिशन नपाएका पनि होइनन् । तर उनलाई कमिशनको सामान्य मोडालिटीको पनि ज्ञान थिएन् । केहि मानिसहरुको बीमा गराएर उनि पुनः एनजिओमा जागिर खान मुगु फर्किए । करिव ४ वर्षजति काम गरेपछि उनि २०७६ सालमा धनगढी फर्किए ।

धनगढी फर्किएर एउटा सानो सानो घर बनाउन सुरु गरे । घर बनाउदा बनाउदै पैसाको अपुग भए पछि एक जना सँग सापटी मागे । सापटी दिनेले खातामै पैसा हालिदिए । साथिले दिएको सापटी झिक्न बैंक पुगेका जैसीले बैंकको काउन्टरमा गएर मरो खातामा कति पैसा छ भन्दै सोधपुछ गरे । जव बैंकले उनको खातामा भएको पैसाको जानकारी दियो उनि तीन छक परे ।

पैसा नभएको भन्दै सापटी माग्दै भौतारिएका उनको खातामा उनलाई घर बनाउन आवश्यक परिरहेको रकम भन्दा धेरै गुणा रहेको पाए । उनले पैसा कहाँबाट आयो भन्दै बैंक सँग स्टेटमेन्ट मागे । उनको स्टेटमेन्टमा नेपाल लाइफ कम्पनीको अभिकर्ता कमिशन जम्मा भएको थियो । उनले चार वर्ष अगाडी गरेको बीमाको नविकरण बीमा शुल्कको कमिशन जम्मा भएको रहेछ । उनले बीमा गरेर पहिलो र दोस्रो वर्षको कमिशन त पाइसकेका थिए । तर उनलाई दुई वर्ष पछि पनि नविकरण बीमा शुल्कको कमिशन पाइन्छ भन्ने थाहा थिएन ।

यसरी अप्ठ्यारो परेको समयमा आफ्नो खातामा यति ठुलो रकम भएको थाहा भए पछि उनको ध्यान अभिकर्ता पेशा तर्फ थप आकर्षित भयो । उनलाई चार वर्ष मुगुमा गएर एनजिओमा काम गरेको प्रति पछुतो लाग्यो । यस अवधिमा जीवन बीमा अभिकर्ताको बारेमा बुझेर काम गरेको भए धेरै राम्रो हुने रहेछ भन्ने उनलाई लाग्यो । त्यस पछि उनि हालसम्म पनि अभिकर्ता पेशामा निरन्तर छन् । यस अवधिमा उनले जीवन बीमालाई धेरै नजिकबाट बुझे । अध्ययनदेखि लिएर विभिन्न तालिममा सहभागिता जनाए ।

अहिले उनि आफ्नो पेशा पछि सन्तुष्ट छन् । सबै बीमितहरुलाई सहजिकरण गर्नुका साथै सबैलाई बीमाको बारेमा राम्रो सँग बुझाउन सक्ने क्षमता विकास गरिसकेका छन् । हालसम्म चार सय भन्दा धेरै वटा पोलिसी जारी गरिसकेका जैसी पछिल्लो तीन वर्षदेखि सिनियर एजेन्सी म्यानेजर भएका छन् ।

उनि टिकापुर शाखामा काम गर्छन् । आफुले मात्रै व्यवसाय गर्ने भन्दा पनि टिमलाई पनि उत्तीकै शशक्त बनाएका छन् । उनको टिममा आजको दिनमा १५० भन्दा धेरै अभिकर्ता छन् । उनि तथा उनको टिमले दिनमा एउटा पोलिसी ल्याउने गरेको छ । समुहबाट दिनमा एउटा पोलिसी ल्याउने उत्कृष्ट अभिकर्ताको रुपमा उनि सम्मानित भएका छन् । गएको वर्ष उनको टिमबाट ७ जना एजेन्सी म्यानेजर भए । घरमै बसी बसी भैसी पालन तथा पुस्तक पसल गरिरहेका छन् ।  

विहानै सवेरै उठेर भैसीको काम गरेर उनि ६/७ बजेदेखि १० बजेसम्म मार्केटिङमा निस्कन्छन् । त्यस पछिको समय पुस्तक पसलमै विताउछन् । उनि मानिसहरुको आम्दानी हेरेर मात्रै स्रोतले जति भ्याउछ त्यतिकै मात्रै बीमा गराउछन् । त्यसैले उनले आजमम्म पनि ५० लाख भन्दा माथिको पोलिसी बिक्री गरेका छैनन् । उनले बीमितलाई आम्दानीको २०/३० प्रतिशतले खाम्ने गरी पोलिसी डिजाइन गरिदिन्छन् । यसले गर्दा उनको जीवन बीमाको काम अहिलेको आर्थिक मन्दीमा पनि भइरहेको छ ।

उनले पछिल्ला दिनमा स्वेदश मात्रै होइन विदेशमा रहेका मानिसहरुलाई पनि बीमा गराउने गरेका छन् । उनले आफ्नो जीवनमा बीमा नै गराउन नसके पनि झौला फ्याकेर नहिड्ने प्रण गरेका छन् । अभिकर्ता पेशामा लागेर उनले आफ्ना तीन वटा छोरा पढाउनेदेखि लिएर परिवारलाई हासीखुसी राख्न सफल भएका छन् ।

उनको एउटा छोरा काठमाडौंमा बिएससी अध्ययन गरिरहेका छन् भने माइलो छोरा सुर्खेत विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । कान्छो छोरा १२ कक्षा उत्तीर्ण गरेर सिभिल इन्जिनियरिङको तयारी गरिरहेका छन् । अहिले उनि आफ्नो पेशा पछि सन्तुष्ट छन् ।

अभिकर्ता पेशा कमाइका दृष्टिकोणले भन्दा पनि सामाजिक पेशाका रुपमा धेरै राम्रो रहेको जैसीको तर्क छ । उनि भन्छन् ‘हामीले कसैको बीमा गरिदियौ भने उहाँले नियमित रुपमा बीमा शुल्क बुझाउनु हुन्छ । यसले बचत गर्ने बानी बस्छ । यदि उहाँहरुलाई केहि समस्या भयो भने भोलि उहाँको परिवार आर्थिक विपन्नताबाट बच्छ ।’

हाम्रो फेसबुक पेजमा लाइक र फलो गरिदिन हार्दिक अनुरोध गर्दछौ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया