जीवन विकास लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४ प्रतिशत बोनस शेयर पाउने
- BFIS News
- 2023 Dec Mon 09:58
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । आर्थिक वर्ष २०७८-७९ को नाफाबाट यसले १५ प्रतिशत लाभांश दिएको थियो ।
प्रतिक्रिया