Nepal Life

मर्जर पछि हकप्रद निष्काशन गरेर ५ अर्ब जुटाउदै प्रभु महालक्ष्मी लाइफ, १७ प्रतिशत हकप्रद शेयर जारी गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 10:29
मर्जर पछि हकप्रद निष्काशन गरेर ५ अर्ब जुटाउदै प्रभु महालक्ष्मी लाइफ, १७ प्रतिशत हकप्रद शेयर जारी गर्दै
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १७ प्रतिशत हकप्रद शेयर निष्काशन गरेर नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउने भएको छ ।  

NIMB

कम्पनीको पुस एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणलाई पनि यस भन्दा अगाडी हकप्रद शेयर जारी गरेर बाँकी पूँजी जुटाउने जानकारी दिएको थियो । 

कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद शेयर नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त भए पछि साधारणसभामा पेश गर्नेछ । साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढ्ने कम्पनीले जनाएको छ । 

साविक महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्जर भएर प्रभु महालक्ष्मी लाइफ बनेको थियो । मर्जर अगाडी प्रभु लाइफले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरिसकेको थियो भने महालक्ष्मी लाइफले बाँकी थियो । बीमा प्राधिकरणले २ अर्बबाट ५ अर्ब पुर्याए पछि महालक्ष्मी लाइफले विद्यमान शेयरधनीहरु सँग ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी बढाएको थियो । 

कम्पनीले हकप्रद शेयर निष्काशन पछि न्युनतम पूँजी जुटाए पनि संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात भने ऐन अनुसार मिलाउनु पर्नेछ । यसै क्रममा शेयर कन्भर्जन गर्ने वा एफपिओ जारी गर्ने भन्ने विषयमा भने कम्पनीले अहिलेसम्म निर्णय गरेको छैन । यदि प्राधिकरणले एफपिओ जारी गर्ने अनुमति दियो भने हकप्रद शेयर निष्काशन पछि प्रकृयाँ अगाडी बढाउने पक्षमा कम्पनी छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया