Nepal Life

नेपाल ल्यूवको ३० प्रतिशत लाभांश घोषणा, पुस ९ गतेसम्म शेयर किन्नेले नगद सहित २५ प्रतिशत बोनस शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 10:38
नेपाल ल्यूवको ३० प्रतिशत लाभांश घोषणा, पुस ९ गतेसम्म शेयर किन्नेले नगद सहित २५ प्रतिशत बोनस शेयर पाउने
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूव आयलले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट  पनि ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

NIMB

यता, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७९/८० को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् । सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ९ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया