Nepal Life

नेपाल बैंकको सिइओका लागि ५ जनाको नाम सर्टलिष्टिङ, पुस ४ गते अन्तर्वार्ता

NMB Bank
  • BFIS News
  • 2023 Dec 18 13:40
नेपाल बैंकको सिइओका लागि ५ जनाको नाम सर्टलिष्टिङ, पुस ४ गते अन्तर्वार्ता
National Life

काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि ५ जनाको नाम सर्टलिष्टिङ थरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि १९ जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरेको बैंकले जनाएको छ । 

Shikhar
NIMB

यसरी, सर्ट लिष्टिङमा पर्नेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् । उनीहरुको बुधबार (पुस ४ गते) अन्तरवार्ता लिइने सूचनामा जनाइएको छ ।

बैंकको सीइओका लागि सरकारी बैंकमा उच्च पदमा कार्यरत कर्मचारीदेखि उच्च पूर्व सरकारी कर्मचारीहरुले समेत आवेदन दिएका थिए । आवेदन दिनेमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल,रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, कृष्ण प्रसाद आचार्य, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी,  सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेय रहेका थिए।

यसअघि नेपाल बैंकको सीइओ कृष्ण बहादुर अधिकारी रहेका थिए । अधिकारीको कार्यकाल असोजमा सकिएपछि बैंकले विज्ञापन प्रकाशित गरी नयाँ सीइओका लागि आवेदन खुला गरेको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया