NIMB Header 2
Nepal Life

हिमालयन रिको आइपिओमा आवेदन दिने जति सबैलाई १० कित्ता, भाग्यमानी ८ लाख २९ हजारले गोलाप्रथाबाट २० कित्ता पाउने

National Life
  • BFIS News
  • 2023 Dec 18 17:18
हिमालयन रिको आइपिओमा आवेदन दिने जति सबैलाई १० कित्ता, भाग्यमानी ८ लाख २९ हजारले गोलाप्रथाबाट २० कित्ता पाउने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरको निष्काशन तथा बिक्री बन्द भएको छ । सिडिएससी एण्ड क्लियरिङका अनुसार आज साँझ ५ बजेसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन दिएका छन् ।

Shikhar
NIMB

कम्पनीले आह्वान गरेको प्राथमिक शेयरमा माग भन्दा १.२९ गुणा बढीको आवेदन परेको छ । कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने जति सबैले १० कित्ता र थप ८ लाख २९ हजार ९७८ जनाले थप १० कित्ता सहित २० कित्ता प्राप्त गर्ने भएका छन् । जसमा कतिपय आवेदको आवेदन रद्द हुन सक्ने हुँदा थप २० कित्ता पाउनेको संख्या बढ्ने छ ।

कम्पनीले पहिलो चरणका लागि हिजो आइतबारसम्म बिक्री खुला गरे पनि पहिलो तीन कारोबार दिनमा माग बराबरको आवेदन नपरे पछि हिजो नै आवेदन दिने म्याद थप गरेको थियो । हिजो म्याद थप गरे पनि हिजै माग बराबरको आवेदन परेको थियो । त्यसैले आजसम्म मात्रै बिक्रि खुला गरिएको हो ।

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गरेको थियो । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गरिएको थियो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ । 

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

हाम्रो फेसबुक पेजमा लाइक र फलो गरिदिन हार्दिक अनुरोध गर्दछौ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया