Nepal Life

शेयर धितो कर्जा प्रवाहमा नविल र ग्लोबल आइएमई सर्वाधिक लोकप्रिय, हेर्नुहोस् कुन बैंकले कति गरे लगानी?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 18:36
शेयर धितो कर्जा प्रवाहमा नविल र ग्लोबल आइएमई सर्वाधिक लोकप्रिय, हेर्नुहोस् कुन बैंकले कति गरे लगानी?
Sanima Reliance

काठमाडौं । शेयरधितो कर्जा प्रवाहमा नविल बैंक र ग्लोबल आइएमई बैंक सर्वाधिक लोकप्रिय देखिएका छन् । चालु आर्थिक वर्षको चार महिनामा शेयर धितो कर्जा प्रवाहका आधारमा दुबै बैंक शेयर बजार मैत्री देखिएका हुन् ।

NIMB

कात्तिक महिनासम्ममा नविल बैंकले सबैभन्दा धेरै मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ । बैंकले यस अवधिमा १० अर्ब ९४ करोड रुपैयाँ प्रवाह गरेको छ । त्यस्तै दोस्रो धेरै ग्लोबल आइएमईले ६ अर्ब २९ करोड रुपैयाँ प्रवाह गरेको छ । दुबै बैंकले शेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै शेयर धितो कर्जाको स्किम नै ल्याएका छन् । बढ्दो बजारलाई मध्यनजर गर्दै दुबै बैंकले लगानीकर्ताहरुलाई सहजै न्यून व्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् ।

बैंक वित्तीय संस्थाहरुका लागि यस्तो कर्जा शून्य जोखिम अन्तर्गत पर्दछ । कात्तिक महिनासम्ममा बैंकहरुले ८१ अर्ब १६ करोड रुपैयाँ शेयरधितो कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जामा बाणिज्य बैंकहरु सबैभन्दा धेरै आक्रामक देखिएका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह ठप्प हुँदा बैंकहरु शेयर कर्जामा केन्द्रित देखिएका हुन् । 

तेस्रो धेरै एनआइसी एशिया बैंकले ४ अर्ब ६४ करोड प्रवाह गरेको छ । चौथो नम्बरमा रहेको नेपाल बैंकले ४ अर्ब ४५ करोड प्रवाह गरेको छ । नेपाल बैंकले पनि शेयरधितो कर्जाको स्किम नै ल्याएको छ ।

अन्य बैंकहरु क्रमश राष्ट्रिय बाणिज्य बैंक ४ अर्ब २६ करोड, प्राइम बैंक ४ अर्ब १२ करोड, सिद्धार्थ बैंक ३ अर्ब ९६ करोड, सिटिजन बैंक ३ अर्ब ९१ करोड, कुमारी बैंक ३ अर्ब ७७ करोड, प्रभु बैंक ३ अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंक ३ अर्ब २८ करोड, मुक्तिनाथ विकास बैंक २ अर्ब ७६ करोड, हिमालयन बैंकले २ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४० करोड प्रवाह गरेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया