Nepal Life

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश घोषणा, शेयरधनीलाई आकर्षित गर्न पहिलो पटक बोनस शेयर दिदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 11:58
शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश घोषणा, शेयरधनीलाई आकर्षित गर्न पहिलो पटक बोनस शेयर दिदै
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्टले पहिलो पटक बोनस शेयर दिने भएको छ । लाभांशदर घटेपछि शेयरधनीलाई आकर्षित गर्न कम्पनीले पहिलो पटक बोनस शेयर  दिने घोषणा गरेको हो । 

NIMB

कम्पनीकाे पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । कम्पनीले गएको वर्ष १०.३३ प्रतिशत नगद लाभांश दिएको थियो । प्राथमिक शेयर निष्काशन पछि कम्पनीले लगातार ६ वर्षदेखि लाभांश दिदै आएको छ । दोस्रो बजारमा शेयरधनीको आकर्षक स्क्रिप्टमा पर्दै आएको कम्पनीले संस्थापक शेयर बिक्री गरे पछि पछिल्लो वियरिस बजारमा शेयर मूल्यमा भारी गिरावट आएको थियो । एक वर्षको अवधिमा शेयर मूल्य ३८९ रुपैयाँसम्म तल झर्यो ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया