Nepal Life

सरकारको भुत प्रभावी कानुनका कारण नेपाल इन्भेष्टमेन्टले ठुला करदाता कार्यालयमा बुझायो एक अर्ब ९२ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 12:24
सरकारको भुत प्रभावी कानुनका कारण नेपाल इन्भेष्टमेन्टले ठुला करदाता कार्यालयमा बुझायो एक अर्ब ९२ करोड
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सरकारको भूत प्रभावी कानुनका कारणले ठुला करदाता कार्यालयमा एक अर्ब ९२ करोड २३ लाख २१ हजार रुपैयाँ बुझाएको छ । 

NIMB

सरकारले आर्थिक ऐन २०८० मार्फत एफपिओको प्रिमियम र मर्जरबाट प्राप्त भएको वार्गेन पर्चेज गेनमा करण लगाउने व्यवस्था गरे सँगै उक्त रकम भुक्तानी गरेको हो । बैंकले १० वर्ष अगाडी निष्काशन गरेको प्रिमियमको कर अहिले आएर भुक्तानी गर्नु परेको हो । 

आर्थिक ऐनमै कर लगाउने व्यवस्था भए पछि बैंकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट नै खारेज भए पछि बैंकहरुले ऐन मुताविक यहि मंसिर मसान्तमा कर तिरेका हुन् । ऐनमा यहि मंसिर मसान्तसम्ममा कर भुक्तानी गर्दा तिर्नु पर्ने हर्जना बापतको रकम भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको थियो । यसरी हर्जना समेत भुक्तानी गर्नु पर्ने देखिए पछि बैंकहरुले मंसिर मसान्तमा उक्त दायित्व बापतको रकम भुक्तानी गरेका हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया