Nepal Life

महालक्ष्मी विकास बैंकको ६.४० प्रतिशत नगद लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:30
महालक्ष्मी विकास बैंकको ६.४० प्रतिशत नगद लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई यसपटक ६.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

NIMB

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब १७ करोड रहेको छ । यस वर्ष मुनाफालाई जगेडा कोषमै राखेर थोरै मात्रै नगदको रुपमा वितरण गर्ने भएको हो । बैंकले मुनाफामा सुधार गरी यस वर्ष प्रतिशेयर आम्दानी बढाउने रणनीति बनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गरिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्नेछन् । यस वर्ष शेयरधनीहरुलाई लिक्वीडीटी व्यवस्थापन गर्न सजिलो हुने भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया