Nepal Life

हिमालयन बैंकले यस वर्ष लाभांश नदिने, यस्तो छ लाभांश नदिनुको कारण

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 10:41
हिमालयन बैंकले यस वर्ष लाभांश नदिने, यस्तो छ लाभांश नदिनुको कारण
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले पनि यस वर्ष लाभांश नदिने घोषणा गरेको छ । प्रोभिजनिङ र एफपिओ तथा मर्जरको वार्गेन पर्चेज गेनमा कर तिर्नु परेकाले यस वर्ष लाभांश दिन नसकेको हो । 

NIMB

बैंकले क्षमता नभएर भन्दा पनि प्रोभिजनिङका कारण यस वर्ष लाभांश दिन नसकेको जनाएको छ । अहिले लाभांश वितरण गर्न नसके पनि खराव कर्जा विस्तारै सल्टिदै गए पछि बैंकले एकै पटक दुई वर्षको लाभांश दिन सक्ने छ । अहिले लाभांश दिन नकस्दैमा बैंकको मुनाफा खेर नजाने बरु उल्टै जगेडा कोष बढ्ने बैंकको तर्क छ । 

हाल हिमालयन बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रहेको छ । साथै जगेडा कोषमा १७ अर्ब भन्दा धेरै रहेको छ । बैंकले पूँजी कोष बलियो बनाने भन्दै यस वर्ष लाभाश नदिने निर्णय गरेको हो । यदि जगेडा कोषबाट लाभांश दियो भने पूँजीकोष झन कमजोर हुने र कर्जा विस्तार खुम्चिने भन्दै कोष बलियो बनाउने रणनीनि बनाएको हो । त्यसमा पनि प्रोभिजनिङ बढ्दो क्रममा रहेको हुँदा बैंक केहि संयमित भएको छ । यदि आगामी दिनमा खराव कर्जा उठ्दै गयो भने शेयरधनीले आकर्षक लाभांश पाउने सक्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया