Nepal Life

खराव कर्जा धेरै भएका बैंकहरुको लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ,  गभर्नर अधिकारीको जवाफ 'घिउ कहाँ पोखियो दालमा'

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 11:18
खराव कर्जा धेरै भएका बैंकहरुको लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ,  गभर्नर अधिकारीको जवाफ 'घिउ कहाँ पोखियो दालमा'
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराव कर्जा धेरै भएका बैंकहरुको लाभांश वितरणमा कडाइ गरेको छ । कोभिड १९ को समयमा नगद लाभांश वितरणमा कडाइ गरेको राष्ट्र बैंकले यस वर्ष भने खराव कर्जा धेरै देखिएका बैंकहरुको लाभांश वितरणमा कडाइ गरेको छ । जसले गर्दा हरेक दिन बैंकहरुले लाभांश वितरण नगर्ने भन्दै सूचना जारी गर्न थालेका छन् । 

हालसम्म एनएमबी बैंक, हिमालयन बैंक, प्राइम कर्मर्सियल बैंक, ज्योति विकास बैंक लगायतले लाभांश नदिने भन्दै घोषणा नै गरिसकेका छन् । अझै धेरै वटा बैंकहरुले लाभांश नदिने घोषणा गर्दैछन् । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृतिकै क्रममा बैंकहरुलाई लाभांशको विषयमा सुझाउदै आएको छ । खराव कर्जा धेरै भएका बैंकहरुले ठुलो रकम प्रोभिजनिङ गर्नु पर्ने हुन्छ । यसरी प्रोभिजनिङ गर्दा गर्दै जगेडा कोषमा भएको रकमलाई राष्ट्र बैंकले चलाउन दिएको छैन । 

कतिपय बैंकहरुले पूँजीकोष अनुपात कम भएको भन्दै गर्दा अहिले लाभांश वितरण गर्न दिएर कोष कमजोर बनाउने पक्षमा राष्ट्र बैंक छैन । बैंकरहरु सँगको एक छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले लाभांश वितरण नगर्न नपाएर चिन्ता नगर्न अनुरोध गरेका थिए । अधिकारीले आखिर खराव कर्जा सल्टिनै वित्तीकै उक्त पैसा रिलिज हुने भन्दै प्रोभिजनिङलाई 'दाल कहाँ पोखियो भातमा' भन्ने कुरा बुझ्न भनेका थिए । 

चरम आर्थिक मन्दीका कारण ऋणीहरुले सावा व्याज तथा किस्ता तिर्न सकिरहेका छैनन् । गएको असारमसम्मा यस्तो अवस्था धेरै नै नाजिक थियो । यहि कारणले पनि सरकारले कित्ताकाट खुलाउनेदेखि लिएर नेपाल राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति अवलम्बन गर्न निर्देशन दिएको थियो । अहिले कित्ताकाट खुलिसकेको छ भने राष्ट्र बैंकले पनि धेरै हदसम्म खुकुलो नीति बनाएको छ । खराव कर्जा तथा प्रोभिजनिङकै कतिपय व्यवस्थामा खुकुलो पार्ने नीति बनाइएको छ ।  

लाभांश घोषणा गर्नेको पनि लाभांश दर घट्यो

यस वर्ष लाभांश घोषणा गरेका अधिकाम्स बैंकहरुको दरमा गिरावट आएको छ । गएका वर्षमा लाभांश दिन नपाएका बैंकहरुले यस वर्ष घोषणा गर्न पाए पनि बाँकी धेरैले लाभांश घोषणा गर्न पाएका छैनन् । एनआइसी एशियाले यस वर्ष एकै पटक तीन वर्षकोको लाभांश दिन पाएकाले ३० प्रतिशत बोनस शेयर दियो । यस बाहेक स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्टको केहि हदसम्म राम्रो छ भने अरुको एकदमै कम छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया