NIMB Header 2
Nepal Life

दि नेपाल डिस्टिलरिजले जाडोमा ल्यायो नयाँ ब्राण्डको मदिरा, भेनिला र ओकको सुगन्ध पाउन सकिने

National Life
  • BFIS News
  • 2023 Dec 20 15:35
दि नेपाल डिस्टिलरिजले जाडोमा ल्यायो नयाँ ब्राण्डको मदिरा, भेनिला र ओकको सुगन्ध पाउन सकिने
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ । मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको कम्पनीले जनाएको छ ।

Shikhar
NIMB

हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्वीस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुने कम्पनीको भनाइ छ । कम्पनीले मदिरालाई थप व्याख्या गर्दै भनेको छ 'कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्यक घुट्कीमा पाइन्छ ।'

सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ । यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिन्छ । यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतिक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको छ ।

यस्तै, लेबलमा भएको चहकिलो कालो रङ्गले आधुनिक मदिराको छविलाई चित्रित गर्छ भने जीवन्त रातो रङ्गले गहिराइ, शक्ति र यस रङ्गसँग हाम्रो गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउँछ । आफ्ना उपभोक्ताहरुको माग तथा उनीहरुको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । 

उनकाअनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए । प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरुबाट उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएका थिए । 

४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ ।  नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया