Nepal Life

आइएमई लाइफले मंसिर महिना‍मा गर्यो ३ करोड २२ लाखको दाबी भुक्तानी, छोटो समयमै झन्झटरहित सेवा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 19:20
आइएमई लाइफले मंसिर महिना‍मा गर्यो ३ करोड २२ लाखको दाबी भुक्तानी, छोटो समयमै झन्झटरहित सेवा
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर महीनामा मात्रै ३ करोड २२ लाख ६२ हजार ७७७ रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले एक महिनामै ३५ वटा बीमालेख बापत उक्त दाबी रकम भुक्तानी गरेको हो । 

NIMB

पछिल्लो समय नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा आक्रामक जीवन बीमा व्यवसाय गरिरहेको आइएमई लाइफले छिटोछरितो रुपमा सेवा प्रवाह गरिरहेको छ । दाबी परेको छोटो समयमै ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

जीवन बीमा कम्पनीमा सामान्यतया सबैभन्दा धेरै मृत्युदाबीका आवेदन पर्ने गर्दछ । यस्तो शोकको समयमा पनि बीमितलाई दुख दिनु भन्दा समयमा तिर्नुपर्ने रकम तिरिदियो भने उक्त बीमितको परिवारले पनि सदैव बीमा प्रति सकारात्मक धारणा बनाउछन् । तर समयमा दाबी भुक्तानी दिन सकिएन भने उनिहरुको धारणा पनि नकारात्मक हुन्छ । यहि कारणले कम्पनीले मृत्यु दाबी भुक्तानीलाई द्रुत गतिमा अगाडी बढाउने गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया