Nepal Life

गरिमा विकास बैंकले शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर दिने, चुक्ता पूँजी ५ अर्ब ६८ करोड पु्ग्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 10:40
गरिमा विकास बैंकले शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर दिने, चुक्ता पूँजी ५ अर्ब ६८ करोड पु्ग्ने
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले यस वर्ष शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद सहित कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

NIMB

बैंकको पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश हुनेछ । साधारणसभाले लाभांश पारित गरेपछि शेयरधनीले पाउने छन् । 

बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड पुग्नेछ । बैंकले क्यापिटलवेस थप बलियो बनाउने रणनीति लिएको हो । खराव कर्जालाई लिएर नगद लाभांशमा कडाइ गरिरहेको सन्दर्भमा बैंकले बोनस शेयर दिएर शेयरधनीलाई खुसी पार्नुका साथै बैंकिङ कारोबार गर्न पाउने क्षमता पनि बढाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया