Nepal Life

कमोडिटी एक्सचेन्जको लाइसेन्स नआउदा अर्बौको कारोबार विदेशतिर पलायन हुँदै, विदेशी ब्रोकरबाट ठगिदै नेपाली

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Dec Thu 12:35
कमोडिटी एक्सचेन्जको लाइसेन्स नआउदा अर्बौको कारोबार विदेशतिर पलायन हुँदै, विदेशी ब्रोकरबाट ठगिदै नेपाली
Sanima Reliance

काठमाडौं । कमोडिटी एक्सचेन्ज र तिनीहरूका ब्रोकर विरुद्ध प्रहरीले ठगी मुद्दा चलाएसँगै नेपालका पुराना कमोडिटी एक्सचेन्जहरुले कमोडिटी डेरिभेटिभको कारोबार पूर्ण रूपमा बन्द गरेका छन् । अहिले नेपाली कमोडिटी डेरिभेटिभमा कारोबार गर्न नपाईरहेका कमोडिटीका ग्राहकहरु वैकल्पिक उपायको खोजीमा छन् ।

NIMB

त्यस्ता ग्राहकहरुलाई लक्षित गरेर विभिन्न विदेशी फरेक्स ब्रोकरहरू कारोबार गराउनको लागी प्रयासरत देखिन्छन् । कसैले त नेपाली र हिन्दी दुबै बोल्न जान्ने कर्मचारीहरू राखेर रै नेपाली क्लाईन्टहरुलाई फोन समेत गरिरहेको जानकारी पाइएको छ । तिनिहरुले विशेष गरी नेपालका पुराना ब्रोकरहरूलाई प्राथमिकतामा राखेर नेपाली बजारमा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न खोजेको देखिन्छ । अहिले युट्युबमा विदेशी फरेक्स ब्रोकरहरुको कमोडिटी डेरिभेटिभ कारोबार तथा विश्लेषणको नाममा थुप्रै भिडियो सामग्रीहरू नेपालीहरूले अपलोड गरिरहेका छन् । त्यस्ता भिडियो सामग्रीहरू नेपालीहरूलाई फरेक्समा कारोबार गर्न प्रेरित गर्ने अभिप्रायले बनाएको जस्तो देखिन्छ । 

अर्थ मन्त्रालयले प्रकाशित गरेको २०७३/७४ को आर्थिक सर्वेक्षणमा नेपालमा कमोडिटी डेरिभेटिभको कारोबार अरबौँमा रहेको देखिन्छ । नेपालका कमोडिटी एक्सचेन्जहरुले कमोडिटी डेरिभेटिभको कारोबार पूर्ण रूपमा बन्द गरेपछि अरबौँको त्यो कारोबार विदेशी फरेक्स ब्रोकरहरूले लगीरहेको पाईएको छ ।

 

                                                                                                                                 आर्थिक सर्वेक्षण २०७३|७४

लामो समयसम्म अनुमति दिने प्रक्रिया टुङ्गोमा नलाग्नु, ऐनमा सञ्चालनमा रहेका कमोडिटी एक्सचेन्जको कहीँ कतै उल्लेख नहुनु र पुराना केही कमोडिटी एक्सचेन्जहरू विरुद्ध ठगी मुद्दा चल्नुले नेपालमा हाल कमोडिटी डेरिभेटिभको कारोबार पूर्ण रूपमा बन्द रहेको छ । जसको कारण नेपालमा भैरहेको कमोडिटी डेरिभेटिभको अर्बौँको कारोबार नेपालबाट विदेशतिर पलायन हुने अवस्था सिर्जना भएको छ ।

 

यस पटक पनि अनुमति पत्र दिने कार्य ढिला गरिएमा कमोडिटी कारोबारमा लागेका हजारौँ ग्राहकहरु अन्तर्राष्ट्रिय बजारमा गैर कानुनी ढङ्गले कारोबार गर्न सक्ने जोखिम उत्पन्न भएकोछ । जसले पुँजी पलायन हुनसक्ने तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली ग्राहकहरु ठगिने जोखिम बढ्नेछ । कमोडिटी कारोबार गर्ने अभ्यास भइसकेका लगानीकर्ताले यसरी विदेशी एजेन्टको भर पर्दा कारोबारमा धेरै नै जटिलता रहेको उनिहरु बताउछन् ।

नेपाल धितोपत्र बोर्ड तथा सरकार नै कमोडिटी बजारलाई कसरी नियमन गर्ने भनेर अलमलिएको छ । ऐन आएको ५/६ वर्ष वितिसक्दा पनि एक्सचेन्जको लाइसेन्स प्रकृयाँ अगाडी नबढ्दा विद्यमान रुपमा कारोबार गर्नेलाई पनि गैरकानुनी बनाइदिएको छ । जवकी भोलि ऐन अनुसार कमोडिटी एक्सचेन्ज स्थापना भए पछिको कारोबार स्वत कानुनी हुनेछ । त्यसैले सरकारले छिटो भन्दा छिटो एक्सचेन्ज स्थापना गरेर कानुनी दायरामा ल्याएर विदेशी ब्रोकरबाट ठगिनबाट रोक्नु पर्ने देखिन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया