Nepal Life

छोराले तीन वर्ष अगाडी गरेको 'जीवन बीमा' बन्यो बुढेसकालको सहारा, नेशनल लाइफले गर्यो १३ लाखको मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 14:47
छोराले तीन वर्ष अगाडी गरेको 'जीवन बीमा' बन्यो बुढेसकालको सहारा, नेशनल लाइफले गर्यो १३ लाखको मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । जीवनमा सोचेजस्तो कसैको पनि हुँदैन । जव पर्छ सहनुको विकल्प छैन । बुढेसकाको सहारा दिने छोरा गुमाउनुको चोट प्रेमलाल थापा दम्पतीलाई जति अरु कसलाई होला र । नौबहिनि गाउपालिका २ लिघा निवासी  ५९ वर्षका थापाले लक्का जवान छोरा किम बहादुर थापालाई गुमाउनु परेको छ । 

NIMB

किम बहादुर त वितेर गए तर उनले तीन वर्ष अगाडी नेशनल लाइफमा गरेको जीवन बीमा पोलिसी नै दुई दम्पत्तीको सहारा बनेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक किम बहादुर थापाको बुबा आमालाई मृत्यु दाबी बापत १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । भुक्तानी गरिएको रकम सानो भए पनि बुढेसकालमा छोराको मृत्यु दाबी भुक्तानीले धेरै सहजता थपिदिएको छ । 

यसरी किम बहादुरले समयमा सानै रकम भए पनि जीवन बीमा पोलिसीमा खर्च गर्दा उनको बुबा आमाले बुढेसकालमा ठुलो आर्थिक सहयोग प्राप्त गरेका छन् । जुन रकमले दम्पत्तीको जीवन निर्वाहमा धेरै ठुलो सहयोग गर्ने कम्पनीले जनाएको छ । बृद्ध दम्पतीलाई छोराको अभाव त सधैं खड्किने छ न‌ै किम बहादुरले समयमै गरेको जोखिम ब्यवस्थापनले केही मलमपट्टी लगाउने काम गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया