Nepal Life

नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच सम्झौता, बैंकका ग्राहकले विशेषज्ञ सेवा पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 18:04
नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच सम्झौता, बैंकका ग्राहकले विशेषज्ञ सेवा पाउने
Sanima Reliance

काठमाडौं । नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।

NIMB

सम्झौतापत्रमा बैंकका एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ र उपाय बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागि बैंकका ग्राहकलाई उपाय बिजनेस सोलुसन्सको सेवा दिने छ । उपायले बैंकका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

बैंकका एसएमई, एमएफ र एसबी प्रमुख श्रेष्ठले यो सम्झौताले साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले उद्यमीका लागि निकै फलदायी हुने बताइन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया