Nepal Life

एफपिओ ल्याउन पाउने सर्त सहित प्रभु महालक्ष्मीलाई हकप्रदको अनुमति, हकप्रद पश्चात ७७ लाख ७ हजार कित्ता एफपिओ आउने

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Dec Thu 19:14
एफपिओ ल्याउन पाउने सर्त सहित प्रभु महालक्ष्मीलाई हकप्रदको अनुमति, हकप्रद पश्चात ७७ लाख ७ हजार कित्ता एफपिओ आउने
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एफपिओ निष्काशन गर्ने सर्त सहित १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको छ । कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउनका लागि १७ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको थियो ।

 

NIMB

हकप्रद शेयर निष्काशनमा कडाइ गर्दै आइरहेको नेपाल बीमा प्राधिकरणले मर्जर पछि पनि न्युनतम चुक्ता पूँजी नपुग्ने कम्पनीहरुको हकमा भने निष्काशन गर्न दिने घोषणा गरेको थियो । बीमा प्राधिकरणले दिएको सुविधालाई उपयोग गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त निर्णयलाई प्राधिकरणले एक साता पनि नपर्खाइ स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले अहिले हकप्रद शेयर निष्काशन गरेर न्युनतम चुक्ता पूँजी जुटाए पनि साविक महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आइपिओ निष्काशन नगरी मर्ज भएकाले कम्पनीले हकप्रद शेयर निष्काशन पछि कायम हुने पूँजीका आधारमा सर्वसाधारण समुह तर्फ ३० प्रतिशत हुने गरी एफपिओ निष्काशन गर्न अनुमति दिने निर्णय भएको नेपाल बीमा प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

हाल प्रभु महालक्ष्मी लाइफको चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । यसै पूँजीको १७ प्रतिशत अर्थात ७३ करोड ३ लाख २० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद शेयर निष्काशनका लागि कम्पनीले विशेष साधारणसभा आह्वान गर्नेछ । साधारणसभाले हकप्रद शेयर निष्काशनको अनुमति दिइसके पछि नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति लिनु पर्नेछ ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ । यस पूँजीमा सर्वसाधारण शेयरधनीको हिस्सा केवल १४.६६ प्रतिशत हुन आउछ । यो साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समुहको शेयर हो । कम्पनीलाई सर्वसाधारण समुह तर्फ ३० प्रतिशत पुर्याउन १५.३३ प्रतिशत थप पूँजी आवश्यक पर्नेछ । त्यसैले यहि बराबरको अर्थात ७७ करोड ७ लाख रुपैयाँको एफपिओ जारी गर्नेछ । कम्पनीले नियम अनुसार थप प्रिमियम सहित ७७ लाख ७ हजार ९६० कित्ता एफपिओ जारी गर्नेछ । यस पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७९ करोड ७१ लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया