Nepal Life

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, सरकार एक्लैले ६ अर्ब ५८ करोड लैजाने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 10:28
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, सरकार एक्लैले ६ अर्ब ५८ करोड लैजाने
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश दिने भएको छ । गत वर्ष २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिएको टेलिकमले यस वर्ष भने नगद मात्रै दिने निर्णय गरेको हो । 

NIMB

हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा कम्पनीले शेयरधनीलाई ७ अर्ब २० करोड रुपैयाँ प्रदान गर्नेछ । यस मध्ये नेपाल सरकारले मात्रै ६ अर्ब ५८ करोड लैजानेछ । नेपाल टेलिकममा नेपाल सरकारको लगानी ९१.४९ प्रतिशत रहेको छ । 

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गरिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । हाल दोस्रो बजारमा नेपाल टेलिकमको शेयर मूल्य ९४० रुपैयाँ रहेको छ । अन्य कम्पनीहरुको तुलनामा आकर्षक लाभांश दिएको छ । अन्य बैंक वित्तीय संस्थाको लाभांश खुम्चिदै गर्दा टेलिकमले भने लाभांशलाई टिकाइराखेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया