Nepal Life

हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपालमा सम्मानित, पायो दुई पुरस्कार

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 11:31
हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपालमा सम्मानित, पायो दुई पुरस्कार
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा सम्मानित भएको छ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस,जेसीबी,मास्टरकार्ड, युनियन पे एवं भिषा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्वेरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड प्रिपेड २०२३ पुरस्कार प्राप्त गरेको छ ।

NIMB

भिषाद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि डिपुटी गर्भनर बमबहादुर मिश्र नेपालका लागि भिषाका प्रतिनिधि वासु सौम्य लगायतको उपस्थितमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गरेको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम,पीओएस तथा ई कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया