Nepal Life

चन्द्रागिरी हिल्सको संस्थापक, स्थानीय र कर्मचारीको लकिङ शेयर माघ १० गतेदेखि खुला हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 17:47
चन्द्रागिरी हिल्सको संस्थापक, स्थानीय र कर्मचारीको लकिङ शेयर माघ १० गतेदेखि खुला हुने
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सको संस्थापक शेयरधनी, स्थानीय प्रभावित शेयरधनी र कर्मचारीकोहरुको लकिङ शेयर आगामी माघ ९ गतेदेखि खुला हुने भएको छ । 

NIMB

कम्पनीले प्राथमिक शेयर निष्काशन गरेको तीन वर्ष पुरा भएको भन्दै नियम अनुसार लकिङ पिरियड समाप्त हुन थालेको जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुलाई लकिङ पिरियडको विषयमा समयमै जानकारी दिनु पर्ने व्यवस्था गरे अनुसार कम्पनीले एक महिना अगाडी नै जानकारी गराएको हो । 

कम्पनीले २०७७ मंसिरमा प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो भने सर्वसाधारण लगानीकर्ताका लागि २०७७ पुसमा निष्काशन गरेको छ । उक्त शेयर बाँडफाँड भएको मिति २०७७ माघ ९ गतेलाई आधार मान्दै आगामी माघ १० गतेदेखि लकिङ पिरियड समाप्त हुने कम्पनीले जनाएको छ । 

हाल कम्पनीको संस्थापक शेयर एक करोड ३५ लाख कित्ता रहेको छ । त्यस्तै स्थानीय बासिन्दाको शेयर ३ लाख ६ हजार र कर्मचारीको शेयर ६१ हजार ३६४ कित्ता रहेको छ । हाल सर्वसाधारण समुह तर्फको १० लाख १३ हजार कित्ता र म्युचुअल फण्डले खरिद गरेको ७६ हजार ७०५ कित्ता शेयर मात्रै दोस्रो बजारमा खरिद बिक्री भइरहेको छ । 

अव माघ १० गतेदेखि कम्पनीको सम्पुर्ण शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ । यस मध्ये पनि विद्यमान संञ्चालकहरुले भने दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न पाउदैनन् । कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ५३ करोड रहेको छ । जस मध्ये २ प्रतिशत स्थानीय प्रभावित क्षेत्रका बासिन्दाका लागि र १० प्रतिशत सर्वसाधारणका लागि बिक्री गरिएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया