Nepal Life

आइएमई लाइफले व्यतित बीमालेखको व्याजमा सत प्रतिशत छुट दिने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 18:06
आइएमई लाइफले व्यतित बीमालेखको व्याजमा सत प्रतिशत छुट दिने
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाख्ने व्याजमा सत प्रतिशत छुट दिने भएको छ । कम्पनीले यस्तो अफर आगामी पुस २६ गतेसम्म मात्रै प्रदान गर्नेछ ।

NIMB

कम्पनीले बीमितहरुलाई बीमा शुल्क बुझाउन दिएको म्याद भित्र बीमा शुल्क नबुझाएमा बीमालेख स्वत व्यतित भएको मानिन्छ । यदि मासिक किस्ता छ भने १५ दिन र अन्य प्रकारको किस्तामा एक महिनाको अवधि दिइएको हुन्छ । यसरी बीमा शुल्क बुझाउनु पर्ने अवधि भन्दा मासिकको हकमा १५ दिन र अर्ध वार्षिक तथा वार्षिकको हकमा एक महिनाको अवधिमा पनि बीमा शुल्क नबुझाएरमा कम्पनीले जरिवाना तथा व्याज लिन्छ । यसरी आफुले समयमा बीमा शुल्क नबुझाइ जरिवाना बापत बुझाउने पर्ने व्याजमा आइएमई लाइफले सहुलियत प्रदान गरेको हो ।

नियम अनुसार एउटा बीमितले बीमा अवधिभर एक पटक मात्रै यस्तो व्याज छुटको सुविधा पाउने छन् । यदि बीमितले समयमा बीमा शुल्क नबुझाइ पोलिसी व्यतित भयो भने बीमा पोलिसी अनुरुप पाउनु पर्ने सुविधा पाइदैन । त्यसैले सकेसम्म बीमितले समयमा बीमा शुल्क भुक्तानी गर्ने प्रयास गर्नु पर्छ । बीमा पोलिसी बचतका साथ साथै जोखिम बहन गर्ने साधन पनि भएको हुँदा आफूले तिर्नु पर्ने पोलिसी कुन समयमा तिर्नु पर्ने हो त्यसको जानकारी राख्नु उपयुक्त हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया