Nepal Life

वैदेशिक रोजगारमा ज्यान गुमाएका फकिरको परिवारलाई नेशनल लाइफले गर्यो दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 21:45
वैदेशिक रोजगारमा ज्यान गुमाएका फकिरको परिवारलाई नेशनल लाइफले गर्यो दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमाको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका बीमित तवरेज अहमत फकिरको परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । 

NIMB

कपिलवस्तु मायादेवी गाउपालिका वडा नम्बर ८ निवासी फकिरको असामयिक निधन भएको थियो । कम्पनीले चन्द्रौटा कार्यालयमा फकिरको श्रीमति रेहाना खातुनलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

वैदेशिक रोजगारको लागि विदेश जाने व्यक्तिहरुको लागि जीवन बीमा अनिवार्य रहेको छ । यस्तो बीमा नगरी विदेश जान नपाइने भएकाले वैदेशिक रोजगारमा गएका नेपालीको विविध कारणले हुने मृत्यु हुँदा उनिहरुको परिवार ठुलो आर्थिक संकटमा पर्छन् । यो बीमालेख भन्दा पहिला वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समय समयमा राहात रकम उपलब्ध गराउनु पर्ने बाध्यता थियो । अहिले वैदेशिक रोजगारमा गएका नेपालीहरुको परिवारले भवितव्य पर्दा बीमा कम्पनीहरुबाटै राहात पाउने गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया