Nepal Life

नविल बैंकका सिइओ ढुंगानाको वार्षिक तलब सुविधा एक करोड ५९ लाख, कर्मचारीलाई बोनस बापत एक अर्ब ३ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 08:02
नविल बैंकका सिइओ ढुंगानाको वार्षिक तलब सुविधा एक करोड ५९ लाख, कर्मचारीलाई बोनस बापत एक अर्ब ३ करोड
Sanima Reliance

काठमाडौं । नविल बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले एक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत एक करोड ५९ लाख रुपैयाँ बुझेका छन् ।

NIMB

ढुङ्गानाले अल्पकालीन कर्मचारी लाभ बापत एक करोड ५१ लाख रुपैयाँ प्राप्त गरेका छन् । जसमा उनले तलब बापत ७९ लाख २० हजार र अन्य लाभ तथा सुविधाहरुबापत ७२ लाख ८ हजार रुपायाँ बुझेका हुन् । यस बाहेक उनले निवृत्त लाभ बापत ७ लाख ९२ हजार बुझेका छन् । ढुङ्गानाले यस बाहेक अझै नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस समेत प्राप्त गर्नेछन् । ढुङ्गाना भन्दा अगाडीका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जादा जादै २ करोड ८३ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधाहरु बुझेका थिए ।  

ढुङ्गानालाई बैंकले २०७९ असार १७ गतेदेखि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । बैंकिङ क्षेत्रमा २९ वर्ष विताएका ढुङ्गाना नविल भन्दा पहिला नेपाल बंगलादेश बैंकको सिइओ थिए । नेपाल बंगलादेश बैंकलाई नविलमा गाभ्न उनको महत्वपुर्ण भुमिका रहेको थियो । उनले नेपाल बंगालदेश बैंकमा मात्रै सिइओ पदमा दुई कार्यकाल पुरा गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट ढुङ्गाना कुनै समय नेपाल राष्ट्र बैंकको निर्देशक थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना नेपाल बैंकर्स एसोसिएसनका पुर्व अध्यक्ष समेत हुन् ।

गएको आर्थिक वर्षमा सञ्चालकहरुले पनि बैठक भत्ता तथा अन्य सुविधा बापत एक करोड १२ लाख रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्षमा कर्मचारीका लागि कुल तलब खर्च २० करोड २० लाख भएको छ । त्यस्तै कर्मचारीहरुले भत्ता बापत एक अर्ब ३३ करोड प्राप्त गरेका छन् । यसका साथै नियम अनुसार मुनाफाबाट एक अर्ब तीन करोड बोनस बाँडिएको छ ।

बैंकले आगामी पुस १२ गते ३९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले शेयरधनीहरुका लागि भने ११ प्रतिशत अर्थात २ अर्ब ९७ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया