Nepal Life

यस्तो छ नविल बैंकको लाभांश दर घट्नुको कारण, आगामी वर्षमा लाभांश दर बढाउने प्रतिवद्धता

NMB Bank
  • BFIS News
  • 2023 Dec 23 08:04
यस्तो छ नविल बैंकको लाभांश दर घट्नुको कारण, आगामी वर्षमा लाभांश दर बढाउने प्रतिवद्धता
National Life

काठमाडौं । नविल बैंकले यस वर्ष लाभांश दर घट्नुको कारण खुलाएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन मार्फत लाभांश दर घट्नुको कारण खुलाएको हो ।

Shikhar
NIMB

समीक्षा वर्षको खुद मुनाफाबाट विभिन्न जगेडा कोषहरूमा आवश्यक व्यवस्था गरेपछि बैंकले सञ्चित मुनाफा मार्फत् रु. ११.०० प्रति शेयरका दरले नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने क्षमतामा ह्रास आउनुको मुख्य कारण भनेको चुक्ता पूँजीमा भएको वृद्धि तथा समग्र अर्थतन्त्रमा देखिएको मन्दिका कारण व्यापार व्यवसायमा आएको ह्रासले गर्दा ग्राहकहरुको ऋण चुक्ता गर्न सक्ने क्षमतामा आएको ह्रासले गर्दा भएको बैंकको स्पष्टिकरण रहेको छ ।

यस वर्ष व्यवस्था गर्नु परेको सम्भावित नोक्सानी व्यवस्था आगामी दिनहरुमा हुने अर्थतन्त्रको सुदृढीकरण सँगै फिर्ता हुने र भविष्यमा लाभांश वितरण गर्न सक्ने क्षमतामा वृद्धि गर्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको छ । विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा शेयरधनीहरूले स्थापनाकालमा गरेको लगानी ९६० गुणाले वृद्धि भएको बैंकले जनाएको छ ।

समीक्षा वर्ष २०७९/८० मा बैंकले रु. ६ अर्ब ४० करोड खुद मुनाफा आर्जन गरेको छ । सो रकम अधिल्लो वर्षको तुलनामा ५०.४९ प्रतिशतको वृद्धि हो । अधिल्लो वर्षको तुलनामा खुद मुनाफामा उल्लेख्य वृद्धि देखिनुको मुख्य कारण भनेको अधिल्लो वर्षमा बैंकले प्राप्त गरेको साबिकको नेपाल बंगलादेश बैंकको मुनाफाको लेखाङ्क सोझै कोषमा भएकोले हो । त्यहाँबाट प्राप्त भएको खुद मुनाफा रु. ९६ करोड ५२ लाख समेतलाई समावेश गरेर वृद्धिको मापन गर्दा २२.६७ प्रतिशत को वृद्धि देखिन्छ । समीक्षा वर्षमा बैंकको कर्जा तथा सापटमा ९.२८ प्रतिशत अर्थात रु. २८ अर्ब ८३ करोडले वृद्धि भएको छ ।

यसै गरी सोही अवधिमा बैंकको निक्षेप दायित्वमा २२.१८प्रतिशत अर्थात रु. ७३ अर्ब ११ करोडले वृद्धि भएको छ । लगानीको क्षेत्रमा सोही अवधीमा २७.९६ प्रतिशत अर्थात रु. २०अर्ब ०५ करोडले वृद्धि भएको छ । समीक्षा वर्षमा, व्यावसायिक कार्यदक्षता सहित उचित वित्तीय व्यवस्थापनको परिणाम स्वरुप बैंकले आफ्नो वासलातमा उल्लेख्य वृद्धि गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया