Nepal Life

नेशनल लाइफले रुकुमका गोविन्द बि.कको परिवारलाई गर्यो मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 15:48
नेशनल लाइफले रुकुमका गोविन्द बि.कको परिवारलाई गर्यो मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुमका गोविन्द बि.कको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले बाफिकोट गाउपालिका एकका गोविन्द बि.कको परिवारलाई एक लाख १९ हजार ५९३ रुपैयाँको चेक दिएको छ । बिकले नेशनल लाइफमा एक लाख रुपैयाँको बीमा गरेका थिए । उनले हालसम्म १८ हजार २१ रुपैयाँ मात्रै बीमा शुल्क बुझाएका थिए । 

NIMB

शाखा प्रमुख टंक हमालले बि.कको बुबा तिल बहादुर कामीलाई उक्त रकम प्रदान गरेका हुन् । दाबी भुक्तानी कार्यक्रममा कम्पनीको मुख्य ब्यबसाय प्रबन्धक लाल बहादुर बोहरा, ब्यबसाय प्रबन्धक फर्मिका बि.कको समेत उपस्थिति थियो । जीवन बीमा जोखिम बहन गर्ने महत्वपुर्न माध्यम भएको भन्दै जीवन बीमाका विषयमा आजै सोच्न अनुरोध गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया