Nepal Life

बैंक वित्तीय संस्थाहरुका लागि २० बुँदे सर्कुलर जारी, ५० लाख भन्दा माथिको शेयरधितो कर्जाको जोखिम भार १२५ प्रतिशत

National Life
  • BFIS News
  • 2023 Dec Sun 17:05
बैंक वित्तीय संस्थाहरुका लागि २० बुँदे सर्कुलर जारी, ५० लाख भन्दा माथिको शेयरधितो कर्जाको जोखिम भार १२५ प्रतिशत
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुका लागि २० बुँदे सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले प्रथम त्रैमाशिक मौद्रिक समिक्षाका क्रममा परिवर्तन गरेका व्यवस्थाको कार्यान्वयनका क्रममा नयाँ सर्कुलर जारी गरेको हो । यसरी आज एकिकृत निर्देशिका अन्तर्गतका २० बुँदामा संशोधन गरेको छ । 

NIMB

राष्ट्र बैंकले १० वटा क्षेत्रका ऋणीलाई कर्जाको पनर्संचना तथा पुनर्ताकिकरणको सुविधा प्रदान गरेको छ । शेयरधितो तथा रियल स्टेटको कर्जा प्रभावमा जोखिम भार १२५ प्रतिशत हुने व्यवस्था गरिदिएको छ । अव बैंकले एक करोड शेयर धितो कर्जा प्रवाह गरे भने त्यस बापत १२५ करोड रुपैयाँ बराबरको जोखिम व्यवस्थापनका लागि जुटाउनु पर्नेछ । यस भन्दा अगाडी १५० प्रतिशत थियो । राष्ट्र बैंकले यस्तो क्षेत्रमा कर्जा प्रवाहका लागि निरुत्साहित गर्न जोखिम भार बढाउने गरेको छ । 

हेर्नुहोस् नयाँ सर्कुलर

२० बुँदे निर्देशिका

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया