Nepal Life

राष्ट्र बैंकले ११ क्षेत्रका ऋणीलाई दियो पुनरतालिकीकरण र पुनरसंरचनाको सुविधा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 17:16
राष्ट्र बैंकले ११ क्षेत्रका ऋणीलाई दियो पुनरतालिकीकरण र पुनरसंरचनाको सुविधा
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ क्षेत्रका ऋणीलाई पुनरतालिकीकरण तथा पुनरसंचरनाको सुविधा प्रदान गरेको छ । एकिकृत निर्देशन २०८० को संशोधन गर्दै यस्तो सुविधा दिएको हो । 

NIMB

आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सूर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र संचार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एव स्वास्थ्य,  निर्माण (सिमेन्ट, डण्डी, इटा/ब्लक, पाईप्स एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जामा यस्तो सुविधा दिने व्यवस्था गरेको हो । 

यस्ता क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै क्षेत्रमा प्रवाह भएका रु. ५ करोडसम्मका कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगदप्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी तोकिएका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको हो । राष्ट्र बैंकले निम्न चार वटा शर्तहरु तोकेको छ

(१) यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० चैत मसान्तभित्र गरिसक्नु पर्नेछ।

(२) २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ।

(३) उपर्युक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

(४) यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया