विद्युतीय गाडीको व्यापार तीन गुणाले बढ्यो, पाँच महिनामा ९ अर्बका ३ हजार ६८६ बिजुली गाडी भित्रिए

  • BFIS News
  • 2023 Dec Sun 17:22
विद्युतीय गाडीको व्यापार तीन गुणाले बढ्यो, पाँच महिनामा ९ अर्बका ३ हजार ६८६ बिजुली गाडी भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा तीनहजार ६८६ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकानुसार यो अवधिमा विद्युतीय जिप, कार र भ्यान गरी ९ अर्ब १० करोड ६४ लाख ३६ हजार रुपैयाँ बराबरका गाडी नेपाल भित्रिएका हुन् ।

यी गाडीबाट सरकारले चार अर्ब २ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । पाँच महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल भित्र्याइएको छ । पाँच महिनामा ५० किलोवाटसम्मका एकहजार ५९५, १०० किलोवाटसम्मका दुईहजार २८, २०० किलोवाटसम्मका ५२ र त्यसभन्दा माथिका ११ ईभी नेपाल आयात भएको छ ।

पछिल्लो पाँच महिनामा भएको ईभी आयात गत आर्थिक वर्ष २०७९/८० को यसै अवधिको तुलनामा झन्डै तीन गुणा बढी हो । गत वर्षको यसै अवधिमा तीन अर्ब ८२ करोड रुपैयाँ बराबरका एकहजार ३५३ ईभी आयात भएको थियो । त्यसबाट सरकारले करिब एक अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार