Nepal Life

अहिले हामीले क्यास बोकेर हिड्नु पर्दैन अवका दिन क्यासलेस नै हो : गभर्नर अधिकारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 13:40
अहिले हामीले क्यास बोकेर हिड्नु पर्दैन अवका दिन क्यासलेस नै हो : गभर्नर अधिकारी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ हाउसको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपालमा फाइनान्सियल सेक्टरले धेरै ठूलो परिवर्तन गरेको बताएका छन् । उनले भने ‘जसरी नेपालमा राजनीतिक परिवर्तन ठूलो भयो भनिन्छ,भएको पनि छ । त्यसैगरी फाइनान्सियल सेक्टरहरु परिवर्तनकारी सेक्टर हो ।’

 

NIMB

डिजिटलाइजेसनमा आएको परिवर्तनलाई एकदमै स्पष्ट देख्न सकिने उनको भनाइ छ । उनले थपे ‘हामीले एकदमै स्पष्ट रुपमा देख्न सक्छौँ । हामीले डे टु डे लाइफमा पनि पाइरहेका छौँ ।’ डिजिटल पेमेन्टमा हामीले सोचेको भन्दा पनि एक खालको इकोसिस्टम बनेको उनले बताए । हामीले क्यासै बोकेर हिँड्नुपर्दैन उनले भने, त्यसमा हामीले गर्व गर्नुपर्छ ।

यस उपलब्धीमा सबैको सहयोग रहेको उनको भनाइ छ । नेपालमा दुई तिहाइ ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले पनि यसमा ठुलो परिवर्तन आएको उनको विश्लेषण छ । यसलाई हामीले जोगाएर लैजानु पर्ने भन्दै अधिकारीले यसलाई थप जोड दिनुपर्ने बताए ।

उनले भने ‘डिजिटलाइजेशनको अरु विकल्प छैन । यसले समाजमा सुशासन ल्याउँछ अरु खालका विकृतिहरु हटाउँदै लैजान्छ ।’ क्यास प्रयोग गरेर हुनसक्ने विकृतिहरु यसले घटाउँदै लैजाने उनले बताए । यसले पारदर्शिता बढाउनुका साथै डिजिटल कारोबार भइराख्दा डेटाबेस बन्दै जाने हुँदा बैंकिङ प्रणाली स्ट्रङ हुँदै जाने उनको भनाइ छ । बैंकहरु अवका दिनमा पनि डिजिटलाइजेशनमै जानु पर्ने भएकाले अवको दिन क्यास लेस नै हुने उनको भनाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया